×

पुर्विय दर्शन र किराँती र सभ्यता बोकेको साकेला उभौली तथा श्याँदर पिदार पर्व दुई समाजले संयुक्त रुपमा युएईमा मनाउने

images

फलेन्द्र मगर / दुवई
मई -२० युएई किराँत  राई यायोक्खा शाखा युएई र सुनुवार सेवा समाज शाखा युएईको संयुक्त आयोजनामा ५०८६ औं  उँभौली साकेला तथा श्याँदर पिदार पर्व भव्य रूपमा मनाइने भएको छ। किराँती सभ्यता लाई जिवित राख्न प्रवासमा रहेर पनि किराँत धर्मालम्वी हरु ले सदियौं वर्षदेखि धर्म संस्कार संस्कृति , भाषा, भेषभुषा र परम्परागत पहिचान लाई जोगाई राख्न यो पर्व लाई विशेष रुपमा मनाउने गरेका छन।

नेपालको पुर्वी कोशी पारी का माझ किराँत र तल्लो किराँत भनेर चिनिने जिल्ला हरु मा किराँत सभ्यता को उदगम थलो मानिन्छ। यो पर्व किराँती सभ्यता बोकेको एक पुरातन पर्व पनि हो । यसै अवसर पारेर आगामी मे १६ र ३१ तारिख विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो। १६ गते मुसाफा स्थित विराट मनिला रेष्टुरेन्ट आबुधाबी मा र  ३१ मे को दिन क्लब SK7 को सभा हलमा दुबई हुन गैरहेको अध्यक्ष किराँती ले जनाएको हो ।

किराँती ले नेफिन, युएईमा आबद्ध सबै जातिय संघ संस्थाहरु र युएईमा कृयाशिल रहेका सबै वैचारिक भातृसंगठन, धार्मिक , सामाजिक , गैर आवसीय नेपाली संघ र जिल्ला संघ संस्था हरु लाई कार्यक्रम मा सहभागी जनाई सहयोग गरिदिन आग्रह समेत गर्नुभएको छ्।

बुधबार ६ जेठ २०८३ १०:५५ AM मा प्रकाशित

प्रतिक्रिया