×

रवि लामिछाने रास्वपा संसदीय दलको नेता चयन

images

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहेका रवि लामिछाने चयन भएका छन्। आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

आज बसेको दलको बैठकमा अध्यक्ष लामिछाने दलको नेता चयन भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ । आज  बस्ने  संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बाँकी पद पूर्ति गर्ने रास्वपाले जनाएको छ । 

सोमबार ४ पुस २०७९ ११:०४ AM मा प्रकाशित

प्रतिक्रिया