×

ताप्लेजुङमा यागेशले पाएनन् टिकट, युवासंघका अध्यक्ष थेबे एमाले उम्मेदवार

images

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुन गइरहेको चुनावका लागि ताप्लेजुङबाट क्षितिज थेबेलाई उम्मेदवार बनाएको छ ।  पार्टी उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिएर एमालेले थेबेलाई उम्मेदवार बनाएको हो। उनी एमाले निकट राष्ट्रिय युवासंघका अध्यक्ष हुन् ।

भट्टराईले ताप्लेजुङबाट २०७४ र २०७९ को चुनाव जितेका थिए । यता, पार्टीको टिकट वितरणको निर्णयमा असहमति जनाएका उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालयमा नोट अफ डिसेन्ट दर्ता गराएका छन् ।

सिरिजङ्गा गाउँपालिका-१ सिनाम घर भएका थेवे निवर्तमान सांसद उर्मिला थेवे र संविधानसभा सदस्य भूपेन्द्र थेवेका कान्छा छोरा हुन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलिका विश्वासपात्र हुन् । राष्ट्रिय युवा संघका अध्यक्षसमेत रहेका थेवे आइतबार टिकट बोकेर ताप्लेजुङतर्फ लागेको एमाले जिल्ला कमिटी ताप्लेजुङका सचिव एवं प्रचार विभाग प्रमुख सन्तोष चाम्लिङले जानकारी दिए । 

आइतबार​ ५ माघ २०८२ ०९:१३ PM मा प्रकाशित

प्रतिक्रिया