राष्ट्रको पहिचान मानिने खेल क्षेत्र र गहना मानिने खेलाडीका लागि गएको वर्ष उत्साहमूलक नै बन्यो । कोरोना महामारीले थिलथिलिएको नेपालको खेल क्षेत्रले खासगरी वर्तमान सरकार गठनपछिको एक वर्षको अवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा विशिष्ठ पहिचान बनाउन सकेको छ ।
यस अवधिमा नेपालले अन्तर्राष्ट्रियस्तरका १२ र राष्ट्रियस्तरका ८२ प्रतियोगिताको आयोजना गरी उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएको छ । नेपालले विभिन्न ३५ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितासमेत जनाएको थियो ।
सरकारको एकवर्षे अवधिभित्र नेपालको राष्ट्रिय खेल भलिबलमा महिला टोलीले उल्लेखनीय उपलब्धि हासिल ग¥यो । बङ्गलादेशमा सञ्चालित एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली महिला टोली अब्बल खेल प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भयो ।
बङ्गलादेशको मिरपुरमा भएको फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाउन सफल भयो । नेपालले उपाधि जितेलगत्तै युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले नगद पुरस्कारको घोषणा गर्नुभएको थियो । सरकारले राष्ट्रिय महिला भलिबल टोलीका १२ खेलाडीलाई जनही रु पाँच लाख प्रदान गर्दा टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट र प्रशिक्षक भरत यादवलाई जनही रु तीन लाख प्रदान गरेको थियो ।
गत वर्ष फुटबल खेलले पनि नयाँ छलाङ मायो । दक्षिण एशियाली खेलकुद ९साफ० च्याम्पियनसिप फुटबलको करिब २८ वर्षे इतिहासमा नेपालले नयाँ इतिहास रच्यो । माल्दिभ्समा भएको उक्त प्रतियोगितामा बङ्गलादेशसँग एक÷एक गोलको बराबरी खेल्दै साफ च्याम्पियनसिपमा पहिलोपटक फाइनलमा पुगेर आम नेपाली फुटबल प्रेमीलाई खुसी प्रदान ग¥यो ।
नेपाली फुटबल इतिहसामा नेपाली खेलाडीले गरेको ऐतिहासिक प्रदर्शन निकै महत्वपूर्ण क्षण रहेको थियो । त्यतिबेला नेपाललाई फाइनल पुग्न जित या बराबरीको आवश्यकता थियो र नेपालले बराबरी खेल्यो । मालेको राष्टिय रङ्गशालामा भएको फाइनल खेलमा भारतसँग ३–० गोलअन्तरले पराजित भएपछि नेपाल इतिहास रच्नबाट बञ्चित हँुदै दोस्रो स्थानमा रह्यो । फुटबल खेलमा नेपाली टोलीले उल्लेखनीय प्रदर्शन गरेको भन्दै युवा तथा खेलकुमन्त्री गहतराजको पहलमा सहभागी टोलीलाई सरकारले सम्मानसमेत ग¥यो ।
प्रधानमन्त्री शेरबाहदुर देउवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा परिचय बनाउन सफल बनेको खेलाडीले गरेको मेहनतको कदर गर्दै सम्मान गर्नुभएको थियो । सम्मानस्वरुप राष्ट्रिय फुटबल टोलीका २३ खेलाडीले जनही रु पाँच लाख प्राप्त गर्दा प्रशिक्षकले रु तीन लाख पाउनुभएको थियो ।
एक वर्षको अवधिमा नेपालले खेलेको विभिन्न अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामध्ये तेक्वान्दोमा चार स्वर्ण, तीन रजत र पाँच कास्यपदक हात पायो । यसैगरी कराते खेलमा चार स्वर्ण र दुई कास्यपदक हासिल ग¥यो । एथ्लेटिक्समा भने एक रजत र बक्सिङमा तीन कास्य पदक प्राप्त गयो ।
युवा तथा खेलकुद मन्त्रलायले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा पदक प्राप्त गर्ने १९४ खेलाडीलाई मासिक जनही रु ६ हजारका दरले भत्ता दियो । यसैगरी प्रथम ओलम्पियन पाँच जनालाई मासिक रु १० हजारका दरले प्रोत्साहन भक्ता दिने व्यवस्था गर्नुका साथै ओलम्पिकमा सहभागिता जनाउने ५७ खेलाडीलाई समेत मासिक रु चार हजारका दरले सम्मान तथा प्रोत्साहन भक्ता वितरण गयो ।
सरकारको यस एकवर्षे कार्यकालमा मूलपानी क्रिकट एकेडेमी आयोजनाको ३० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । भैरहवा क्रिकेट मैदानको प्याराफिटको भित्री पार्टेसन गारो र प्लास्टर गर्ने कार्य भइरहेको र इलेक्ट्रिक वायरिङको कार्य चालु छ । उक्त आयोजना हालसम्म करिब २१ प्रतिशत काम भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता विदुर ढकालले सरकारको एकवर्षे कार्यकालमा प्रतियोगिताभन्दा पनि खेल पूर्वाधार निर्माणमा विशेष केन्द्रित भएको बताउनुभयो । उहाँका अनुसार धनगढी रङ्गशालाको प्याराफिटको ब्लक निर्माण कार्य ४२ दशमलव ७५ प्रतिशत सम्पन्न भएको छ । पोखरा रङ्गशालाको बाटो, बाँकी इन्टरलकिङ ब्लक हाल्ने र प्रि–इञ्जिनियरिङ भवनको टाइल फिनिसिङ कार्य जारी छ । पोखरा आयोजनाको पनि ८० प्रतिशत काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी नेपालगञ्ज रङ्गशाला निर्माणको ७५ प्रतिशत काम सकिएको छ । रङ्गशालामा सिन्थेटिक ट्र्याक निर्माणका लागि लागत स्रोत सुनिश्चित प्राप्त भएकाले लागत इस्टिमेट तयारी भई ठेक्का आह्वान गरिएकामा कुनै पनि बोलपत्रदाता क्वालिफाइड नभएकाले तत्कालका लागि ठेक्का रद्द गरिएको मन्त्रालयले जनाएको छ । झापाको दमकमा रहेको निर्माणाधीन कभर्डहलको २० दशमलव ७५ प्रतिशत कार्य सम्पन्न भएको छ । कभर्डहल निर्माणको पहिलो तल्लाको स्लाब ढलान सम्पन्न भएको छ ।
सिमरा रङ्गशाला आयोजनाको करिब ६ प्रतिशत कार्य सम्पन्न भएको छ । सुर्खेत रङ्गशाला आयोजनाको काम ३ दशमलव ५ प्रतिशत सकिएको छ । सुर्खेत रङ्गशालामा हाल ग्रिल क्याव्रिकेशन गरी जडानका लागि साइटमा पोष्ट ठड्याउने कार्य भइरहेको छ । पाँचथरको फिदिममा अवस्थित रङ्गलाशालाको रिटेनिग स्ट्रक्चरको फाउन्डेसन कार्यसम्पन भई कूल आयोजनाको १३ दशमलव २५ प्रतिशत काम सम्पन्न भएको छ । हाल पाँचथरको मल्टिप्रपोज तीन ब्लकको सियर वाल तीन मिटर ढलान सम्पन्न भएको छ ।
मनाङको तिमाङमा हाइअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणका लागि ग्राउण्डको तारबार तथा रिटेनिङ वाल निर्माण कार्य अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । विभिन्न ठाउँमा खेलकुद पूर्वाधार निर्माणमा करिब ४२५ जनाले रोजगारीसमेत प्राप्त गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले खेल विश्वविद्यालयलको स्थापनाको सम्भाव्यताका विषयमा अध्यन गरिरहेको जनाएको छ । एक वर्षमा मन्त्रालयले खेलकुदका ४५ राष्ट्रियस्तरका सङ्घसंस्थाको क्षमता अभिवृद्धि कार्यक्रमसमेत सञ्चालन ग¥यो ।
राष्ट्रिय खेलकुद नियमावली, २०७८ को मस्यौदालाई मन्त्रिपरिषद्मा पेश गर्ने तयारी गरिरहेको छ । ३२० खेलकर्मीलाई खेलकुदमा प्रतिवन्धित औषधि सेवनविरुद्धको सचेतना प्रदान गरिएको छ । मन्त्रलायले स्थानीयस्तरमा एक लाख ४४ हजार ५०० र राष्ट्रियस्तरमा ११ हजार ६०० खेलाडीलाई निरन्तर खेलकुद प्रशिक्षण गराइरहेको छ ।
एसियाकै सबैभन्दा ठूलो प्रतियोगिता १९औँ एशियाली खेलकुद ९एसियाड०को लागि २३० पुरुष र २४५ महिला गरी कूल ५१४ खेलाडीको प्रारम्भिक चरणको छनोट कार्य सम्पन्न गरेको छ । चीनको होङझोउमा आयोजना हुने भनिएको उक्त प्रतियोगितामा नेपालले २३ खेलमा सहभागिता जनाउने पक्का भएता पनि प्रतियोगिता कहिले हुन्छ भन्ने यकिन हुन सकेको छैन ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै चीनले आगामी भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना गर्ने भनिएको उक्त प्रतियोगिता अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । ठूलो समूहमा जमघट हुने भएकाले आयोजक चीनले कोरोना महामारी बढ्न सक्ने भन्दै प्रतियोगिता स्थगित गरिएको जनाएको थियो । एशियाली खेलकुदमा नेपालले २३ खेलमा सहभागिता जनाउनेछ । महिला फुटबल, महिला भलिबल, तेक्वान्दो, कराते, टेबल टेनिस, व्याडमिन्टन, जुडो, फेन्सिङ, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, गल्फ, कुस्ती, भारत्तोलन, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, महिला ह्यान्डबल, पुरुष क्रिकेट, गल्फ र सुटिङमा नेपालले सहभागिता जनाउने छ ।
नेपालको महिला फुटबल टोली र महिला भलिबल टोलीले पहिलोपटक एशियाली खेलकुदमा सहभागिता जनाउने भएको हो । युवा तथा खेलकुदमन्त्री गहतराजले बङ्गलादेशमा सम्पन्न सेन्ट्रल जोनको उपाधि जितेर फर्केपछि नेपाली महिला टोलीलाई एशियाली खेलमा सहभागिता गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । महिला टोलीले एशियाली खेलमा सहभागिताको अवसर प्राप्त गर्न सफल भए ।
यसैगरी एशियन गेम्समा नेपाली पुरुष क्रिकेट टोलीले करिब आठ वर्षपछि सहभागिताको मौका पाएको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टङ्कलाल घिसिङले १९औँ एशियाली खेलकुद प्रतियोगिताको तयारीमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया