×

प्रचण्डलाई गोकुल बास्कोटाको प्रश्न: बडेमान नेताले सत्ता खुस्केको झोँक सिस्टममाथि पोख्न मिल्छ ?

images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र खतरामा परेको जिकिर गरेपछि सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले कटाक्ष गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले प्रचण्डले सत्ता खुस्केको झोकं सिस्टम माथि पोख्न खोजेको बताएका छन् । उनले लेखेका छन् ‘कमरेड सुप्रिमोले सरकार मात्र नभै सिस्टम नै खतरामा परेको ऐलान फिस्सै नमानी पिट्दिन भ्याएछन।बढेमान नेताले सत्ता खुस्केको झोक सिस्टम माथि नै पोख्न मिल्छ र भन्या? कि उनको लाईन पनि भुटान भ्रमण प्रभावी हो?प्रमाण त छैन तर शंकाको सुविधा पाईयो। सजिलै गणतन्त्र खतरामा ? आउछ के र को ? जवाफ खै?’

बिहीबार चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले सरकार यही ढंगले अघि बढे देशमा राजनीतिक दुर्घटना हुनसक्ने चेतावनी दिएका थिए । ‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ त्यसकारण हामी आम जनतालाई सर्तक रहन आग्रह गर्दा हामीले सदनबाट पनि संविधान, लोकतन्त्र, समावेशी र समानताको पक्षमा उभिनुपर्छ । अहिलेको उपलब्धिलाई खोस्न खोजियो भने देश राजनीतिक दुर्घटनामा जाने खतरामा हुनसक्छ’ प्रचण्डले भनेका थिए ।

शुक्रबार​ ४ माघ २०८१ ११:५९ AM मा प्रकाशित

प्रतिक्रिया