×

अल्जेरियामा बस नदीमा खस्दा १८ जनाको मृत्यु

images

काठमाडौँ । अल्जेरियाको राजधानी नजिकै एउटा बस पुलबाट नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ।

बिबिसीका अनुसार दुर्घटनामा धेरै जना घाइते भएका छन्, जसलाई अस्पताल लगिएको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तेब्बौनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

 

शनिबार ३२ साउन २०८२ ०२:४३ PM मा प्रकाशित

प्रतिक्रिया