×

जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका ७ जना पक्राउ

images

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न कसुरमा कैद भुक्तान गरिरहेका र जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रसुवाको उत्तरगया गाउँपालिका १ घर भइ काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ बन्चरेटार चोक बस्ने ४१ वर्षीय तेन्जिङबहादुर तामाङ (डाँका चोरी मुद्दा), लमजुङको दूधपोखरी गाउँपालिका ४ घर भइ काठमाडौंको कलंकी बस्ने २० वर्षीय प्रितम गुरुङ (चोरी मुद्दा) र कञ्चनपुरको पुनर्वास नगरपालिका घर भइ काठमाडौंको सुन्धारा बस्ने २३ वर्षीय वविता तामाङ (मानव बेचबिखन तथा ओसारपसार मुद्दा) रहेका छन् ।

सोमबार ४ फागुन २०८२ ०७:२० PM मा प्रकाशित

प्रतिक्रिया