काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८१ साल नेपाली राजनीतिका लागि मिश्रित उत्साहवर्द्धक नरहेको टिप्पणी गरेका छन् । आइतबार चितवनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले २०८१ सालमा केही सकारात्मक र केही नकारात्मक कामहरु भएको बताए ।
‘समग्रमा भन्दा त्यस्तो उत्साहवर्द्धक भएन । धेरै निराशा पनि भएन’, प्रचण्डले भने, ‘राजनीतिक दलहरूलाई राम्रो काम गर्न २०८१ ले ०८२ लाई आधारचाहिँ दिएको छ ।’ नयाँ वर्षमा नयाँ सरकार बन्ने सम्भावना कति छ ? भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले सरकारतिर आफूहरूको त्यति ध्यान नभएको बताए ।
‘नयाँ सरकारतिर हाम्रो त्यति ध्यान छैन तर परिस्थिति यस्तो बन्दैछ कि यो सरकार अगाडि जान सहज छैनन् भन्ने कुरा पनि देखिइरहेको छ’, प्रचण्डको भनाइ छ । उनले चौतर्फी असन्तुष्टि र आक्रोश बढेको भन्दै उनले शिक्षकहरू, डाक्टर, लघुवित्त पीडित, सहकारी पीडितहरू आन्दोलनमा रहेको भन्दै सबै राजनीतिक दलहरू पनि झन्डै झन्डै सडकमै रहेको बताए । ‘परिस्थिति निकै गम्भीर र पेचिलो बनेका छ । नयाँ वर्षले केही न केही निकास लिएर आउँछ भन्ने लाग्छ’, प्रचण्डको भनाइ छ ।
प्रचण्डले भने, ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ ।’ उनले वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरु पनि ‘झण्डै झण्डै सडकमा’ रहेको दाबी गर्दै भने, ‘नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’
यसअघि प्रचण्डले एक टेलिभिजन अन्तर्वार्तामा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नसक्ने संकेत गरेका थिए । त्यसबारे थप प्रष्ट्याउन पत्रकारहरुको प्रचण्डलाई भनेका थिए । तर यसबारे थप बोल्न नलगाउन प्रचण्डले पत्रकारहरुलाई अनुरोध गरे । यद्यपि उनले ठूलो दलको नेतृत्वमा सरकार बन्दा नै सही हुने बताए । आफूले पहिलेदेखि नै यही कुरा गरेको र अहिले नयाँ घटनाक्रम विकसित भएको बताउँदै प्रचण्डले अब देश त्यतैतिर जाने अनुमान गरे ।
‘सरकारतिर हाम्रो ध्यान त्यतिचाहिँ छैन; परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै जान सहज छैन भन्ने कुरा पनि देखिराख्या छ। त्यसकारण कुनै पनि सम्भावना छ। तपाईंहरूले देखिराख्नुभएकै छ, चौतर्फी असन्तुष्टि, आक्रोश, आवेश जनतामा बढिराखेको छ। शिक्षकहरू आन्दोलनमा छन्, ११–१२ दिन हुन लागिसक्यो। सबैले समस्या समाधान हुनुपर्छ भनिराखेका छन्। तर सरकारको ध्यान त्यसप्रति संवेदनशीन देखिएको छैन,’ उनले भने।
प्रतिक्रिया