काठमाडौं । हेटौँडामा पेट्रोल ट्यांकरको टायरमा हावा भर्ने क्रममा टायर पड्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। पेट्रोल बोकेको ट्यांकरको टायर मर्मत गरेर हावा भर्ने क्रममा पड्किएको प्रहरीले जनाएको छ।
टायर पड्किँदा भारत घर भई हेटौँडा उपमहानगरपालिका वडा नम्बर-११ थानाभर्याङमा टायर मर्मत पसल सञ्चालन गर्दै आएका ३४ वर्षीय मोहम्मद ऐजाज रहेका छन्। विष्फोटमा परेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए। उनको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो।
प्रतिक्रिया