×

इजरायलको गाजा नियन्त्रण गर्ने योजनाको विरुद्धमा एक हुन टर्कीको मुस्लिम राष्ट्रहरूलाई अपील

images

काठमाडौँ । टर्कीले इजरायलको गाजा शहर नियन्त्रण गर्ने योजनाको विरुद्धमा एकताको लागि मुस्लिम राष्ट्रहरूलाई अपील गरेको छ ।

शनिबार इजिप्टमा भएको वार्तापछि टर्कीका विदेशमन्त्री हाकान फिदानले इजरायलको योजनाको अन्तर्राष्ट्रिय स्तरमा विरोध गरिनुपर्ने धारणा राखेका हुन् ।

इजिप्ट र टर्की दुवैले शुक्रबार इजरायलको गाजा शहर नियन्त्रण गर्ने योजनाको निन्दा गरेका थिए । अंकाराले यसलाई 'इजरायलको नरसंहार र विस्तारवादी नीतिहरूको नयाँ चरण' को रूपमा वर्णन गरेको छ  र यसलाई रोक्न विश्वव्यापी स्तरमा कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएको छ । इजरायली सुरक्षा मन्त्रिपरिषद्ले शुक्रबार गाजा शहर नियन्त्रण गर्ने योजनालाई अनुमोदन गर्दै पाँच बुँदाहरू तय गरेको थियो ।

इजरायली सेनाले गाजा शहर नियन्त्रण गर्न र युद्ध अन्त्य गर्न यी बुँदाहरू अन्तर्गत काम गर्ने बताएको छ ।

यस बाहेक संयुक्त राष्ट्र संघ, बेलायत, फ्रान्स र क्यानडा लगायत धेरै देशहरूले गाजाको नियन्त्रण लिने इजरायलको निर्णयको निन्दा गरेका छन्  र जर्मनीले इजरायलमा सैन्य निर्यात रोक्न आह्वान गरेको छ ।

 

आइतबार​ २६ साउन २०८२ ११:१९ AM मा प्रकाशित

प्रतिक्रिया