×

रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट चुनाव लड्ने

images

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उठ्ने भएका छन् । उनका सहयोगी दीपक बाेहाराका अनुसार लामिछाने चितवन २ बाट उठ्ने निर्णय भएको हाे ।

सभापति लामिछानेलाई चितवन २ बाट उम्मेदवार बनाउने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले बताए । बोहराका अनुसार लामिछाने उम्मेदवारी दर्ताका लागि चितवन पुगिसकेका छन् । चितवन क्षेत्र नं. ३ बाट उठ्ने चर्चा रहे पनि लामिछानेले २ बाट उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।

यहाँ एमालेले कृष्णभक्त पोखरेल र कांग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ । ०७४ मा तत्कालीन बाम गठबन्धनका तर्फ बाट एमालेका पोखरेल निर्वाचित भएका थिए ।

आइतबार​ २३ असोज २०७९ ०९:४५ AM मा प्रकाशित

प्रतिक्रिया