काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ महिनादेखि देशव्यापी रूपमा ‘नागरिक, नीति र नेतृत्व’ (Citizen, Policy and Leadership) कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीको केन्द्रीय नीति तथा विचार विभागको बैठकले नागरिकका समस्या पहिचान गर्न र नीतिगत सुधारका लागि दुई चरणमा यो विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
पार्टीका सह-प्रवक्ता एवं नीति तथा विचार विभागका प्रमुख मनिष झाका अनुसार यो कार्यक्रमले रास्वपालाई भुइँतहका नागरिक र विज्ञहरूसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। रास्वपाले यो राष्ट्रिय अभियानलाई व्यवस्थित बनाउन दुई वटा भिन्न चरणमा वर्गीकरण गरेको छ:
रास्वपाले परम्परागत राजनीतिक भाषण र र्यालीभन्दा फरक ढंगले यो कार्यक्रमलाई ‘पलिसी डायलग’ (Policy Dialogue) को रूपमा अघि बढाउन लागेको हो। यस अभियानमा समाजका विभिन्न क्षेत्रका विज्ञ, बुद्धिजीवी र युवाहरूलाई सहभागी गराई देशको आर्थिक र सामाजिक रूपान्तरणका लागि आवश्यक ठोस नीतिको मस्यौदा तयार पारिनेछ।
पार्टीले आफ्ना सम्पूर्ण प्रदेश, जिल्ला र स्थानीय कमिटीहरूलाई यस अभियानको तयारीमा जुट्न निर्देशन दिइसकेको छ।
प्रतिक्रिया