×

ललिता निवास प्रकरणमा मेरो संलग्नता छैन- पूर्वमन्त्री दीनानाथ शर्मा

images

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री दीनानाथ शर्माले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गर्ने कार्यमा आफ्नो संलग्नता नरहेको प्रष्टीकरण दिएका छन् ।

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराइको मन्त्रिपरिषद्मा शिक्षामन्त्री रहेका शर्मा उक्त प्रकरणमा संलग्न रहेको भन्ने समचारहरु विभिन्न अनलाईन सञ्चार माध्ययममा प्रकाशित भएपछि त्यस्को खण्डन गर्दै शर्माले आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै शर्माले भनेका छन् ‘म २०६८–२०६९ मा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको मन्त्रिपरिषदमा बसेर करिब पन्ध्र महिना शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको थिएँ । म जिम्मेवार रहेको मन्त्रालयबाहेक भूमिसुधार, भौतिक योजना वा गृहसमेतका अन्य मन्त्रालयको मन्त्रालयगत काम कारबाही र निर्णय प्रक्रियामा मेरो कुनै संलग्नता र सम्बन्ध नहुने र नरहेको कुरा प्रष्ट पार्न चाहन्छु’ 

आइतबार​ २४ असार २०८० ०८:०५ PM मा प्रकाशित

प्रतिक्रिया