×

'नमागिएको धरौटी' ले रविको सहकारी ठगी प्रकरणको दोस्रो अध्याय सुरु भयो- महेश बस्नेत

images

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेले 'नमागिएको धरौटी' प्रकरणले रवि लामिछानेको सहकारी ठगी प्रकरणको दोस्रो अध्याय सुरु भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बस्नेतले 'निर्दोष' भएको दाबी गर्ने रवि लामिछानेले २ करोड ७४ लाखको 'नमागिएको' बैंक ग्यारेन्टी अदालतमा बुझाएर रिहाइको माग गरेको उल्लेख गर्दै  सहकारी ठगी प्रकरणको दोस्रो अध्याय सुरु भएको टिप्पणी गरेका हुन् ।

नेता बस्नेतले निर्दोष हो भने यो बिगो किन तिर्ने भन्दै यदि दोष स्वीकारेको हो भने पीडितहरूलाई महिनौंसम्म अन्यायमा पारी 'प्रतिशोधको नाउँमा' हस्ताक्षर संकलनको नाटक किन रचेको भन्दै प्रश्न उठाएका छन् ।

उनले भनेका छन्- 

'नमागिएको धरौटी' – रवि लामिछानेको सहकारी ठगी प्रकरणको दोस्रो अध्याय सुरु भएको छ।

‘निर्दोष’ भएको दाबी गर्ने रविजीले कुल बिगो बराबरको २ करोड ७४ लाख रुपैयाँको “नमागिएको” बैंक ग्यारेन्टी अदालतमा बुझाएर रिहाइको माग गरेका छन्। अब यथार्थमा प्रश्न उठ्छ। यदि तपाईं निर्दोष हो भने यो बिगो किन तिर्ने? र यदि दोष स्विकारेको हो भने, पीडितहरूलाई महिनौंसम्म अन्यायमा पारी सर्वोच्चसम्म पुनरावेदन र 'प्रतिशोधको नाउँमा' हष्ताक्षर संकलनको नाटक किन रचियो?

रवि लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ प्रयोग गर्दै कानुनी चातुर्य प्रदर्शन गर्न खोजेका छन्। तर जनताको नजरमा यो न त नयाँ राजनीति हो, न नैतिक राजनीति हो यो त 'नयाँ नौटंकी' हो।

जनताले मागेको तर्क होइन, न्याय हो ? अन्यायमा परेका पीडितहरूमाथि न्याय नदिएर बैंक धरौटीको सहारामा उम्किने प्रयासले अब रविको छवि झनै शंकास्पद बनेको छ । अदालतलाई समेत भ्रममा पार्न बैंक ग्यारेन्टीको फण्डा त काम लाग्ला, तर जनतालाई चित्त बुझाउन न्याय दिन यो तरिका कहिल्यै सफल हुँदैन ।

शुक्रबार​ २४ साउन २०८२ ११:५३ AM मा प्रकाशित

प्रतिक्रिया