×

विगतदेखिका प्रधानमन्त्रीहरुले भारतलाई नदीनाला बेच्न मात्रै ध्यान दिए : लिङ्देन

images

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युतीय सवारीसाधनहरुको भन्सार पूर्णरूपमा निःशुल्क गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बजेटमाथि भएको छलफलमा भाग लिँदै अध्यक्ष लिङ्देनले विद्युतीय सवारीसाधनको भन्सार पूर्णरूपमा निःशुल्क गर्नुपर्ने बताएका हुन् ।

लिङ्देनले आर्थिक वर्ष २०८०र८१ को बजेटमा राजश्व असुलीको लक्ष्य प्राप्ति हुन नसक्ने देखिएको बताए । उनले बजेट अनुमान, अनुदान र ऋणमा आधारित भएको टिप्पणी गरे ।

उनले करको दर र दायरा जथाभावी रूपमा बढाउने काम गरिएको बताए । अध्यक्ष लिङ्देनले मल कारखाना खोल्ने र हाइड्रोजन उत्पादन गर्ने कुरालाई प्राथमिकता नदिएर विगतदेखिका प्रधानमन्त्रीहरुले खाली भारतलाई नदीनाला बेच्न मात्रै ध्यान दिएको बताए ।

अध्यक्ष लिङ्देनले वंशजको आधारमा नेपाली नागरिकता पाउनुपर्छ भन्ने पक्षमा राप्रपा रहेको स्पष्ट पारे । तर, विदेशीले नागरिकता लिएको विषयमा भने छानविन हुनुपर्ने उनको भनाइ छ । उनले कपास विकास समिति र दुग्ध विकास बोर्ड खारेजीको निर्णयप्रति विरोध जनाए ।

बिहीबार २५ जेठ २०८० ०३:५६ PM मा प्रकाशित

प्रतिक्रिया