×

पाँच दिनमा हवाई सेवा प्रयोग गर्ने यात्रुको सङ्ख्या उल्लेख्य वृद्धि

images

काठमाडौं ।  बाढीपहिरोका कारण सडक मार्ग असहज भएपछि हवाई सेवाको प्रयोग गर्ने यात्रुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । दसैँको मुखैअगाडि आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि हवाई सेवाको प्रयोग गर्ने यात्रुको चाप ह्वात्तै बढेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सडक अवरुद्ध भएपछि पछिल्लो पाँच दिनमा आन्तरिकतर्फ १८ सय ९५ उडान अवतरण भएका छन् । उक्त उडानमार्फत ८९ हजार ६२ जनाले दोहोरो हवाई सेवा लिएका छन् । आन्तरिकतर्फको उडान चाप बढेसँगै गत सोमबार ४५०, मङ्गलबार ४३४, बुधबार ३७५, बिहीबार ३२७ र शुक्रबार ३०९ उडान अवतरण भएका छन् ।

उक्त उडानबाट सोमबार १९ हजार १५९, मङ्गलबार १८ हजार १३७, बुधबार १७ हजार चार, बिहीबार १६ हजार ७५३ र शुक्रबार १८ हजार तीन जनाले हवाई सेवा लिएका छन् । उक्त सङ्ख्यामध्ये अधिकांश यात्रु राजधानीबाट बाहिरिने रहेका छन् । अहिले उपत्यका बाहिरबाट फर्किने जहाज प्रायः रित्तै छन् ।

सोमबार २१ असोज २०८१ ०१:५३ PM मा प्रकाशित

प्रतिक्रिया