काठमाडौं । केहि दिन पहिले फिल्म ‘दोख’ हेर्दा केही दर्शकहरु सँग नेपाली फिल्मको बारेमा कुरा भयो । नेपाली फिल्मका कथा किन एउटै किसिमका मात्र हुन्छन् ,भन्ने अधिकाँश दर्शकको टिप्पणी थियो । पछिल्लो एक दशकमा नेपाली फिल्म क्षेत्रमा धेरै नयाँ अनुहारहरु भित्रीय, नयाँ नयाँ प्रविधीको प्रयोग नेपाली फिल्ममा नभएको पनि होइन तर नेपाली फिल्मले आशाजनक कमाइ भने गर्ने सकिरहेको छैन्।
चलचित्रकर्मीहरु नयाँ नयाँ कलाकारहरु भित्राएको आधुनिक प्रविधीको प्रयोग गरिरहेको भनेर भन्न छुटाउदैनन् तर जुन जोगि आए पनि कानै चिरेको भने झै भएका छन् नेपाली फिल्महरु। अन्य फिल्महरु भन्दा आफना फिल्म फरकधारको रहेको भनिन्छ तर दर्शकले त्यो फरकधारलाई कहिल्यै महसुस गर्ने पाएका छैन । चलचित्र ‘दोख’ हेरेका दर्शक अपर्ण कोइराला भन्दै थिए के फिल्म बनाएको हो यो ? फिल्म हो कि देश भक्तिको गाथा । अर्पण मात्र होइन नेपाली फिल्म हेर्न हल सम्म पुग्ने अधिकांश दर्शकको मुखबाट यस्तै गुनासाहरु सुनिन्छन ।
नेपाली फिल्म नचल्नुको कारण प्रत्येक हप्ता तीन देखि चार वटा फिल्म प्रदर्शनमा आउनु पनि हो । फिल्म चलोस नचोलोस यहाँका निर्देशक निमार्ताहरुलाई आफनो फिल्म चलाउन पाए पुग्छ । अझ सम्म यिनीहरुले दर्शकले कस्तो स्वादको फिल्म रुचाउँछन् भन्ने कुरा बुझेका छैनन् । निमार्ताहरु आफनो लगानी उठेस नउठोस फिल्म चलाउन पाए दशै नै आएको जस्तो ठान्छन् । बक्स अफिस प्रणालीको नहुँदा पनि यस्तो भएको हो । यदी बक्स अफिस प्रणाली हाम्रो देशमा पनि हुने हो भने फिल्ममा केही सुधार आउथ्यो कि । फिल्ममा आफना नातागोता तथा आफै लगानी गरेर हिरो बन्ने क्रमले तिब्रता पाएको छ । फिल्ममा लगानी जसले गर्छ उ फिल्मको हिरो ।
देशमा आएको राजनीतिक परिवर्तन,महंगीका कारण नेपाली फिल्ममा असर पुगेको छ । युवाहरु कामको खोजिमा बैदेशीक रोजगार जाने क्रम बढेको छ । दैनिकी राम्रो संग चलाउन नसक्नेलाई नेपाली फिल्म प्रति त्यति चासो छैन । जब मानिस सबै कुराले सन्तुष्ट हुन्छ तब मानिसले मनोरन्जन खोज्छ ।
नेपाली फिल्मको इतिहास हेर्ने हो भने अब यो क्षेत्र पाको भईसकेको छ । तर पनि परिपक्क भैसकेको फिल्मी उद्योगले नेपाली जनमा प्रभाव भने पार्ने सकेको छैन। फिल्म निर्माणका लागि जुन रुपमा कथाको पक्षलाई सशक्त बनाउनु पर्ने हो त्यसमै चुकेका छन निर्माता÷निर्दशकहरु। हतारमा कथा बनाउने छिटो फिल्मको छाँयाङकन सक्ने, ३ वटा गित, एक दुईवटा द्वन्द्वका दृश्य राखेपछि फिल्म तयार हुन्छ भन्ने थोत्रो चलनअहिले पनि हाबी छ अनी । एकाथरी निमार्ता निर्दशक छन जो हिरो भनेको ठूलो खाइलाग्दो ज्यान भएको हुनुपर्छ नत्र फिल्म चल्दैन भन्ठान्छन, रुपमा आक्रषक, शारिरीक रुपमा पनि हकी देखीने हिरोहरुको कमी छैन नेपालमा तर उनीहरुले खेलेका फिल्मको हालत पनि उही हो ।
फिल्म पढेर आउनेहरु पनि हचुवाका भरमा फिल्म बनाउनेहरुको बाढीमा हराइरहेछन रुमलिरहेछन् । फिल्म निर्माण कार्यलाई अत्यन्तै सजिलो रुपमा बुझनुनै सबै भन्दा ठूलो समस्या हो । विदेशी फिल्महरुमा हेर्ने हो भने कथा स्कृप्ट लेखनलाई सबै भन्दा गहन पक्ष मानिन्छ र दक्ष स्कृप्ट लेख्न सक्नेले मात्र कथा लेखनको काम गर्छन । हाम्रो देशमा भने दुई अक्षर पढ्न सक्नेले पनि फिल्मको कथा लेख्छ अनि कहाँबाट फिल्म राम्रो बन्न सक्छ । फिल्म आफै बनाएर आफ्नै प्रचार गर्ने हतार हुन्छ यस क्षेत्रमा आबद्ध केहि व्यक्तिहरुलाई । बलिउडको फिल्मलाई अनुवाद गरेर फिल्म चलाउन माहिर छन कति यहाँ । फिल्मको नाम उही भाषा फरक कलाकार फरक अभिनय चाहिने भन्दा बढी नाटकीय । एक समय यस्तो आयो नेपालमा कोरियन फिल्मका कथा नेपालीमा छाए । नेपाली दर्शकलाई विदेशी भाषाका फिल्म हेर्नु नै नपर्ने भो । बिदेशी फिल्मको प्रभावले गर्दा पनि नेपाली फिल्म आज धेरै खस्कीदो अवस्थामा छ ।
दर्शकको माग पनि यहाँ नेपाली फिल्मको भन्दा बिदेशी फिल्म कै बढि हुन्छ । नेपाली फिल्मका केहि पुराना सुत्रहरु छन महिलाप्रधान कथा निर्दशकहरु भ्रममा देखिन्छन सधै महिलाका रोदनलाई देखाएर फिल्म चल्छ भन्ने सोच्दछन् । सधै नारीका रोनाधोनाले फिल्म चल्छन भन्ने धमिरे सोचलाई परिर्वतन गर्ने जरुरी छ । केहि निदृशक छन् जो बालमनोविज्ञानमा फिल्म बनाउदा फिल्म चल्ने विश्वास गर्छन । कुनै पनि फिल्म चल्न त्यसको कथाले दर्शकलाई तानेको हुनुपर्छ तब मात्र दर्शक हल सम्म पुग्न सक्छ ।एकआध फिल्म यस्ता छन् जुन फिल्ममा उही पुराना फरमुलाको प्रयोग छ चारवटा गीत केहि द्वन्द्वका दृश्य जसले उपत्यका बाहीरका हलमा कामचलाउ व्यापार गरिरहेका नै हुन्छन्। यस्ता फिल्ममा रेखा थापानै बढी फिट मानिएकी कलाकार हुन अहिलेसम्मका लागि । निर्देशकले फिल्म त बनाउँछन तर फिल्मलाई दर्शकले आफ्नो ठान्दैन्न ।
फिल्म क्षेत्रमा बौद्धिक जमातको अभाव छ। पढेर आएकाले केहि गर्न त खोज्छन् तर तिनीहरुमा पनि केहि परेर आएकाहरुको रोग सरिसकेको छ । केही हतारमा काम सकाउने फुर्सदमा पछुताउने पनि त भए ।
प्रतिक्रिया