×

चीन केन्द्रबिन्दु भएर गयो ७ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा धक्का महसुस

images

काठमाडौं । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो । केहि समय सम्म भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।

 राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।  बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । 

 केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।

मङ्गलबार २३ पुस २०८१ ०७:२२ AM मा प्रकाशित

प्रतिक्रिया