×

भूटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक काठमाडौंमा, स्वयम्भूमा दर्शन र पूजापाठ गरेपछि बौद्धनाथ जाने

images

काठमाडौं। भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका छन्। उनीलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन्।

भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ। भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौंमा छन्। उनी आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। रानी तेत्सुन पेमा वाङचुकसहित केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनी अहिले स्वयम्भू पुगेका छन् ।

विमानस्थलबाट उनी सिधै स्वयम्भू गएका हुन् । उनी सिनामंगल–तिनकुने–नयाँबानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर–टेकु–कालिमाटी–ताहाचल–छाउनी हुँदै स्वयम्भूनाथ गएका थिए । स्वयम्भूमा दर्शन र पूजापाठ गरेपछि उनी बौद्धनाथ जाने कार्यक्रम छ । त्यहाँ पनि पूजापाठ सकेर उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किने छन् । विमानस्थलबाट उनी करिब २ः४० बजे फिर्ता हुने तालिका छ । निजी भ्रमणको सिलसिलामा नेपाल आएका उनी स्वयम्भूनाथको अवलोकनपछि बौद्धनाथ पुग्नेछन् ।

शुक्रबार​ २१ मंसिर २०८१ ११:४० AM मा प्रकाशित

प्रतिक्रिया