काठमाडौं । बुध्द एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ । बुध्द एयरको सोमबार काठमाडौंबाट भद्रपुर जाँदै गरेको उडान नम्बर ९५३ को कल साईन ९एन एजेएस को दायाँ इञ्जिनमा प्राविधिक समस्या देखिएको छ ।
जहामा प्राविधिक समस्या देखिएपछि सवा ११ बजे काठमाडौं डाईभर्ट गरिएको छ । उक्त जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराएको बुद्ध एयरले जानकारी दिएको छ ।
यो वायुसेवाका अनुसार उक्त जहाजलाई प्राविधिक टोलीले थप चेकजाँच गरिरहेका छन् । उक्त जहाजका त्रुहरुलाई अर्को जहाजबाट भद्रपुर पठाएको पनि बुद्ध एयरले जानकारी दिएको छ ।
बुद्धको विमान अवतरण गराउने क्रममा विमानस्थलमा केही बेर अन्य उडान रोक्नु परेको थियो । सोहीकारण अहिले विमानहरुले आकासमा फन्को मार्नु परेको छ ।
काठमाडौंबाट १० : ३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । सोहीकारण विमानहरुलाई होल्ड गराउनु परेको विमानस्थल स्रोतले जनाएको छ ।
प्रतिक्रिया