×

मनसुन अझै केही दिन लम्बिने, वर्षाको सम्भावना

images

काठमाडौं ।  मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज शनिबार पनि देशका पूर्वी र मध्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी प्रदेशका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर ठूलो वर्षा र लगातार झरीको सम्भावना भने नरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उनका अनुसार मनसुन अझै केही दिन लम्बिन सक्छ । पश्चिमी भेगमा मनसुनी वायुको प्रभाव कम हुँदै गएको, तर मध्य र पूर्वी क्षेत्रमा कायमै रहेको महाशाखाको भनाइ छ ।

२०८१ असोज २० गते (आइतबार)

देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भू भागका थोरै स्थानहरूमा तथा बाँकी भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिबार १९ असोज २०८१ ०७:५८ AM मा प्रकाशित

प्रतिक्रिया