×

दाउन्नेमा फेरि सडक भासिएपछि यातायात अवरुद्ध

images

काठमाडौं ।  पश्चिम नवलपरासीको दाइउन्नेमा सडक भासिएपछि यातायात अवरुद्ध भएको छ । आज शुक्रबार साँझ पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट-४ स्थित खुर्सानी खोलामा सडक भासिएको हो।

दाउने उकालोमा यसअघि नै भासिएको स्थानमा सडक भासिएकाले डोजर प्रयोग गरेर खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेसम बोहराले जानकारी दिए।

अहिले बर्दघाट र दुम्कीबास क्षेत्रमा सवारी साधनको लामो लाम लागेको छ। दाउन्ने क्षेत्रमा नारायणगढ-बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ। चाडबाडको समयमा पटक-पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्न बाध्य छन्।

शुक्रबार​ १८ असोज २०८१ ०९:१५ PM मा प्रकाशित

प्रतिक्रिया