×

लेबनानका तीन दर्जन गाउँ खाली गर्न इजरायलको आग्रह

images

काठमाडौं ।  इजरायलले दक्षिणी लेबनानका ३० भन्दा बढी (करिब तीन दर्जन) गाउँका मानिसहरूलाई तुरुन्तै आफ्नो घर छाड्न आग्रह गरेको छ । इजरायली सेनाका प्रवक्ताले मानिसहरूलाई तुरुन्तै आफ्नो घर छोडेर अवाली नदीको उत्तरतर्फ जान आग्रह गरेका हुन् ।

इजरायली सेनाका प्रवक्ता अविचाइ एन्ड्राईले सोशल मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा हिजबुल्लाहको स्थापना र हतियार नजिक भएका सबैको जीवनलाई खतरामा पारेको छ । दक्षिणतर्फको कुनै पनि गतिविधिले सबैको जीवनलाई खतरामा पार्न सक्ने बताएका छन् ।

यसअघि लेबनानको सरकारी समाचार एजेन्सीले इरानका विदेशमन्त्री बेरुत पुग्ने बताएको थियो । लेबनानको सरकारी समाचार एजेन्सी एनएनएले इरानी विदेशमन्त्री अब्बास अराक्चीलाई लिएर इरानी विमान रफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जनाएको थियो ।

शुक्रबार​ १८ असोज २०८१ ०८:५७ PM मा प्रकाशित

प्रतिक्रिया