×

चितवनको नारायणगढदेखि काठमाडौं सडकमा मालवाहक ठूला सवारीसाधन सञ्चालनमा प्रतिबन्ध

images

काठमाडौं ।  यातायात व्यवस्था विभागले आगामी कात्तिक १ गतेसम्म चितवनको नारायणगढदेखि काठमाडौं सडकमा मालवाहक ठूला सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाएको छ ।

दशैँ-तिहारमा काठमाडौँ बाहिर जाने र फर्किने यात्रुलाई प्राथमिकतामा राखी यात्रुवाहक सवारी अवागमन चुस्त बनाउन यस्तो निर्णय गरिएको विभागका महानिर्देशक राजीव पोखरेलले बताए ।

खाद्यान्न, तरकारी र औषधिजस्ता अत्यावश्यक सवारीबाहेकका अन्य ठूला सवारीसाधनहरू रोकिएको उनको भनाइ छ । यस्ता सवारीसाधनहरू बिहीबार घटस्थापनाको दिनदेखि नै रोकिएका हुन् ।

 आयात-निर्यातसँग सम्बन्धित सवारी भने भन्सार, प्रज्ञापन पत्र, राजस्व रसिद आदिका आधारमा भन्सार कार्यालय खुलेको अवस्थामा नरोक्ने उनको भनाइ छ ।

गएको असार ११, १२ र १३ गते आएको अविरल वर्षापछिको बाढीले पृथ्वी राजमार्गका ठाउँ-ठाउँमा क्षति पुगेको थियो । दशैँमा घर फर्किने यात्रु बढेको र सडक पनि सहज नभएका कारण जाम घटाउन यस्तो निर्णय गरिएको विभागले जनाएको छ ।

शुक्रबार​ १८ असोज २०८१ ०३:०४ PM मा प्रकाशित

प्रतिक्रिया