काठमाडौँ । राष्ट्रपति सी जिनपिङको सम्बोधनपछि चीनको विजय दिवस परेड आयोजना गरिएको छ । सो परेडमा चिनियाँ सैन्य शक्ति प्रदर्शन गरिएको थियो । यसमा आणविक-सक्षम अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रदर्शन गरिएका थिए ।
सो प्रदर्शनीमा विभिन्न प्रकारका छोटो देखि मध्यम दूरीका क्षेप्यास्त्रहरू, बहु प्रक्षेपण रकेट प्रणालीहरू र मानवरहित लडाई हवाई सवारी साधनहरू (जसलाई स्टेल्थ ड्रोन पनि भनिन्छ) प्रदर्शन गरिएको थियो ।
त्यस्तै हाइपरसोनिक ग्लाइड सवारी साधन, वाईजे-२१ एन्टी-शिप क्रूज मिसाइल र जेएल-३ पनडुब्बी-प्रक्षेपित ब्यालिस्टिक मिसाइल पनि प्रदर्शन गरिएको थियो ।
यस सैन्य परेडलाई चीनले आयोजना गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो सैन्य परेड भनिएको छ । यो कार्यक्रम दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले चीनसमक्ष आत्मसमर्पण गरेको ८० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो । परेड अघि चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन सँगै देखिएका थिए । यी तीन नेताहरु एक साथ देखिएको यो पहिलोप पटक हो । यी तीन नेताहरू परेड हेर्न आएका विश्वभरका नेताहरूको लाइनको अग्रपंक्तिमा रहेका थिए ।
यस परेडमा पुटिन र किमसहित नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ, भियतनाम, मलेसिया, बेलारुस, इरान, जिम्बाब्वे, सर्बिया, स्लोभाकिया, क्युबा र म्यानमार जस्ता देशका नेताहरू सहभागी भएका थिए ।
तस्बीर: सिजीटीएन
प्रतिक्रिया