×

इजरायलमा चर्कियो सरकार विरोधी प्रदर्शन

images

काठमाडौं । गाजामा बन्धकहरूलाई फिर्ता गराउन हमाससँग युद्धविरामका लागि वार्ता गर्न माग गर्दै देशभर लाखौं इजरायलीले जुलुस निकालेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम गरी गाजामा बन्धक नागरिक फिर्ता ल्याउन माग गरिएको हो । करिब सात लाख मानिसले मुख्य सडकहरूमा र देशव्यापी प्रदर्शनमा भाग लिएका थिए ।

६५ लाख ५० हजारले तेल अबभबको केन्द्रीय र्‍यालीमा भाग लिएका थिए । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजाबाट दुई महिला र चार पुरुषको शव बरामद गरेको घोषणा गरेपछि सुरु भएको विरोध प्रदर्शन रातभर जारी रह्यो । आईडीएफले सैनिकहरू आइपुग्नुभन्दा केही समयअघि हमासको सुरुङमा मारिएको बताएको थियो । हमासको आक्रमणको क्रममा ६ जना इजरायलीलाई अक्टोबर ७, २०२३ मा बन्धक बनाएको थियो ।

हमासले बन्दी बनाएका १ सय १ जनाको रिहाईको पहल गर्न दवाव स्वरुप प्रर्दशन चर्किएको हो ।

बन्दी बनाइएका मध्ये करीब एक तिहाईको भने मृत्यु भइसकेको इजरायली अधिकारीको आँकलन छ । राजधानी जेरुसेलममा प्रधानमन्त्री निवास अगाडि प्रदर्शनकारीले अवरोध गरेका छन् । त्यस्तै, तेल अभिभको मुख्य राजमार्गमा प्रदर्शनकारीले हमासद्वारा मारिएका बन्दीहरुको तस्बिर सहित झण्डा फहराएर विरोध गरेका छन् ।

मङ्गलबार १८ भदौ २०८१ १२:२९ PM मा प्रकाशित

प्रतिक्रिया