काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा पदाधिकारी बैठक बसिरहेको हो । बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टीको आगार्मी कार्यदिशासहित केही प्रदेशमा इन्चार्ज फर्ने लगायतको विषयमा छलफल हुनेछ ।
गत पुस २१-२३ गतेसम्म बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन गर्ने निर्णय गरेको थियो। त्यसलाई टुंग्याउने जिम्मा प्रचण्डलाई दिएको थियो।
यसअघि पनि कार्यविभाजनबारे छलफल भए पनि टुंगिएको थिएन। विशेषगरी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा जिम्मेवारी दिनेबारे नेताहरूबीच सहमति हुन सकेको छैन।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने,‘पार्टीका सबै नेताहरुको कार्यविभाजन गर्ने र अभियानको कार्ययोजना निर्माणबारे छलफल गर्ने बैठकको एजेन्डा छ।’
गत पुस २१-२३ गतेसम्म बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन गर्ने निर्णय गरेको थियो। त्यसलाई टुंग्याउने जिम्मा प्रचण्डलाई दिएको थियो।
प्रतिक्रिया