×

कुन सडक खुल्यो ? यस्तो छ पछिल्लो अवस्था

images

काठमाडौं ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरीका अनुसार काठमाडौं–नौबिसे–दामन–हेटौँडा सडक सुचारु भएको छ । प्रहरीले उपलब्ध गराएको पछिल्लो अद्यावधिक (अपडेट) अनुसार काठमाडौं –मुग्लिङ–चितवन सडकखण्ड खुले पनि जाम रहेको अवस्था छ । चितवन–दाउन्ने–बुटवल सडक खुला गराए पनि राति १० देखि बिहान ५ बजेसम्म बन्द हुनेछ ।

हालसम्म खुलाइएको सडक खण्डहरुमध्ये मुग्लिन–पोखरा–बाग्लुङ सडक, हेटौँडा–पथलैया–जनकपुर सडक, बर्दिबास–कोशी ब्यारेज–इटहरी सडक, इटहरी–दमक–काँकडभित्ता सडक खुला भएको छ । यसैगरी, बुटवल–नेपालगञ्ज–धनगढी, नेपालगञ्ज–सुर्खेत–दैलेख, नेपालगञ्ज–चिसापानी–धनगढी र काठमाडौं–सिन्धुपाल्चोक–दोलखा सडक खण्ड खुला भएको छ ।

कुन–कुन अवरुद्ध छन् ?

सिन्धुलीको नेपालथोक र काभ्रेको भकुण्डेबेसीमा पहिरोका कारण काठमाडौं–धुलिखेल–सिन्धुली सडकखण्ड अवरुद्ध छ । टीकाभैरवमा गएको पहिरोका कारण ललितपुर–हेटौँडा सडक, भोटेकोशीमा पहिरोका कारण बाह्रबिसे–तातोपानी सडक र छैमलेमा पहिरोका कारण काठमाडौं–बल्खु–सिस्नेरी सडक अवरुद्ध छ । प्रहरीले यात्रामा निस्कन अघि ११४९, १०३, १०० मा सम्पर्क गरेर सडकको अवस्था बुझ्न सकिने जनाएको छ ।

बुधबार १६ असोज २०८१ ०१:२७ PM मा प्रकाशित

प्रतिक्रिया