×

प्रकृति को पूजा गर्दै साकेला उभौली पर्व दुई समाजले संयुक्त रुपमा मनाए

images

फलेन्द्र मगर / दुवई 

जुन-१ युएई किराँत  राई यायोक्खा शाखा युएई र सुनुवार सेवा समाज शाखा युएईको संयुक्त आयोजनामा ५०८६ औं  उँभौली साकेला तथा श्याँदर पिदार पर्व भव्य रूपमा हिजो एक कार्यक्रम गरि मनाएको हो । नेपाली ,अरबी र किराती राष्ट्रीय गान सँगसँगै आदिवासी  जनजाति महासंघ, युएईका अध्यक्ष भागिररथि कुमार भगतको प्रमुख आतिथ्य, विभिन्न संघ संस्थाका प्रमुख तथा पदाधिकारी हरु को विशेष आतिथ्य तथा जातिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि हरु को आतिथ्यमा आफ्ना पितृ र पुर्खा हरु लाई सम्झना गर्दै प्रकृति लाई धुप धुँवार गरि पानसमा बत्ती बालेर उदघाटन गरिएको थियो।

किराँती सभ्यता लाई जिवित राख्न प्रवासमा रहेर पनि किराँत धर्मालम्वी हरु ले सदियौं वर्षदेखि धर्म संस्कार संस्कृति , भाषा, भेषभुषा र परम्परागत पहिचान लाई जोगाई राख्न यो पर्व लाई विशेष रुपमा मनाउने गरेका छन। नेपालको पुर्वी कोशी पारी का माझ किराँत र तल्लो किराँत भनेर चिनिने जिल्ला हरु मा किराँत सभ्यता को उदगम थलो मानिन्छ। यो पर्व किराँती सभ्यता को चिनारी पनि हो ।

भित्री पहाडमा बस्ने यो समुदाय आकाशे पानीको भरमा खेतीपाती गरि जिविकोपार्जन गर्नुपर्ने भएकोले हिँउद लागेपछि पहाडको चिसो छल्न मंसीर महिना लागे सँगै तराई झर्ने र वर्षा लागेपछि खेतीपाती र रोपाइँ गर्न पुन: पहाड तिर उक्लने तयारी गर्दै साकेला र चण्दी नाच्दै एकार्का बिच खुशीयाली साटासाट गरि यो पर्व मनाइने गरिन्छ । मई -३१ तारिक को दिन क्लब SK7 को सभा हल दुबई मा भव्य रुपमा  सम्पन्न भएको अध्यक्ष धनकृष्ण राई किराँती ले जनाएको हो ।

सोमबार १८ जेठ २०८३ ११:४४ AM मा प्रकाशित

प्रतिक्रिया