×

जाँचबुझ आयोगद्वारा तत्कालीन प्रधानमन्त्री ओलीलाई छानबिनको लागि पत्र काट्ने तयारी

images

काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला भएका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको लागि पत्र काट्ने तयारी गरेको छ ।

बिहिबार जाँचबुझ आयोगका प्रमुख गौरी बहादुर कार्कीले केपी शर्मा ओलीलाई आयोगले छानबिनको लागि पत्र काट्ने तयारी गरेको जानकारी दिएका हुन् । यसअघि आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको बयान लिएको थियो । 

आयोगले बोलाउँदा ओली उपस्थित नभए के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा कार्कीले ‘भोलीको कुरा भोली नै हुने’ उल्लेख गरे  । त्यस्तै उनले पूर्व गृहमन्त्री रमेश लेखकको बयान सकिसकेको जानकारी दिए । 

कार्कीले पछिल्लो समय थप गरिएको म्यादभित्रै आयोगले आफ्नो प्रतिवेदन बुझाउने दाबी गरे ।  

बिहीबार १७ पुस २०८२ ०३:१३ PM मा प्रकाशित

प्रतिक्रिया