 
                        काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले क्याथोलिक चर्चबाट प्रभावित भएर आफ्नी हिन्दू पत्नी उषा भान्स एक दिन ईसाई धर्ममा परिवर्तन हुने आशा व्यक्त गरेका छन् ।
मिसिसिपीको एक कार्यक्रममा, एक भारतीय महिलाले सोधेको प्रश्नको जवाफ दिदै उपराष्ट्रपति भेन्सले यस्तो जवाफ दिएका हुन् ।
भान्सले जवाफ दिदै उनकी पत्नी अहिले धेरैजसो आइतबार सँगै चर्च जाने गरेको र आफुले एक दिन उनकी श्रीमती पनि उनी जस्तै कारणले चर्च जाने विश्वास व्यक्त गरेका छन् । भान्सले उनी ईसाई धर्ममा विश्वास गर्ने बताउदै उनकी श्रीमती पनि आउने कुरामा विश्वस्त रहेको बताए ।
भान्सले उनकी श्रीमतीको अर्को धर्ममा विश्वासले उनको लागि समस्या खडा नगरेको समेत बताए । जेडी भान्सले २०१९ मा क्याथोलिक बनेका थिए । उनी पहिले आफूलाई नास्तिक मान्थे । भान्स र उषाको विवाह २०१४ मा भएको थियो । उषा भारतीय मुलकी हिन्दु हुन् । दुवैका तीन छोराछोरी (दुई छोरा र एक छोरी) छन् जसलाई क्रिश्चियन तरिकाले हुर्काइएको बताइएको छ ।
प्रतिक्रिया