×

भिजिट भिसामा नयाँ मापदण्ड लागु

images

काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी यस अघिको ६ बुँदे मापदण्ड खारेज गर्दै नयाँ मापदण्ड लागु गरेको छ । अध्यागमन विभागले यसअघिको ६ बुँदे मापदण्ड खारेज गर्दै नयाँ मापदण्ड लागू गरेको जानकारी दिएको हो ।

संविधानप्रदत्त नागरिकका मौलिक हक, व्यक्तिको मानवअधिकार र स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने अधिकारको प्रत्याभूति गर्न र स्वार्थ समूहका चलखेललाई निरुत्साहित गर्दै भिजिट भिसाका नाममा हुने गरेका गलत क्रियाकलापहरू नियन्त्रण गरी अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवर्द्धन गर्ने भन्दै नयाँ मापदण्ड लागु गरिएको अध्यागमन विभागले जानकारी दिएको छ । 

छ बुँदे मापदण्ड पुनरावलोकन गर्न सिफारिस गरिए बमोजिम २०८० माघ १० देखि लागू भएको छ बुँदे मापदण्डलगायत विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गरिएको अध्यागमन विभागले जनाएको छ। 

मन्त्रीस्तरीय निर्णयबाट बिहीबारदेखि चार बुँदे नयाँ प्रावधान लागू गरिएको छ । जसमा कम्तीमा ६ महिना वैध अवधी भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, प्रस्थान गर्ने गन्तब्यसम्मको हवाइ टिकट र आफू भ्रमण गर्ने प्रयोजनको लागि जान लागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयम् जिम्मेवार रहने समेत व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वःघोषणा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

अध्यागमन विभागले कुनै पनि बिचौलियाको प्रभावमा नपर्न समेत आग्रह गरेको छ ।

शुक्रबार​ १५ कात्तिक २०८२ ०८:४३ PM मा प्रकाशित

प्रतिक्रिया