×

‘ओसीए डेभलेपमेन्ट प्रोगाम’ मा प्रशिक्षक र रेफ्री सहभागी हुने

images

काठमाडौं । एसियाली ओलम्पिक कमिटीको ‘ओसीए डेभलेपमेन्ट’ कार्यक्रममा नेपालका चार खेलका १५ प्रशिक्षक र रेफ्रीले सहभागिता जनाउने भएका छन् । उज्वेकिस्तानको तास्केन्टमा हुने कार्यक्रम नोभेम्बर ३ देखि ७ सम्म आयोजना हुनेछ ।
कार्यक्रममा सहभागी हुनेमा भारोत्तोलनमा रेफ्री तिलकबहादुर राउत क्षेत्री र रामसुन्दर श्रेष्ठ तथा प्रशिक्षकमा रामबहादुर पौडेल र संजयकुमार महर्जन छन् । यस्तै बक्सिङका रेफ्री रामचन्द्र थापा र धनकुमार मैनाली तथा प्रशिक्षक कृष्ण सुनार र दीपक महर्जन छन् । पौडीका रेफ्री जेनिफर लामा र विष्णु क्षेत्री खड्का तथा प्रशिक्षक विजेनमान श्रेष्ठ र नयना शाक्यले कार्यक्रममा सहभागिता जनाउने छन् ।

जुडोबाट रेफ्री शिवबहादुर बराम र प्रशिक्षक इन्द्र महर्जन डंगोल र देवु थापाले भाग लिनेछन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा संस्कृति, नागरिक तथा उड्डयन मन्त्री जीवनराम श्रेष्ठ तथा उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले नेपाल ओलम्पिक कमिटीको मुख्यालय सातदोबाटोमा आयोजित कार्यक्रमबीच बिदाइ गरे । 

सोमबार १४ कात्तिक २०७९ ०३:१७ PM मा प्रकाशित

प्रतिक्रिया