एजेन्सी । फिफा विश्वकप २०२२ कतारमा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले प्रयोग गर्ने अवे जर्सी सार्वजनिक गरिएको छ ।
अर्जेन्टिनाको जर्सी निर्माता कम्पनि एडिडासले सोमबार प्याजी रंगको जर्सी सार्वजनिक गरेको हो । कप्तान लिओनेल मेस्सीसहितका खेलाडीले नयाँ जर्सी लगाएका थिए । अर्जेन्टिनाको इतिहासमा नै पहिलो पटक राष्ट्रिय टोलीले प्याजी रंगको जर्सी प्रयोग गर्दैछ ।
एडिडासले लैंगिक समानताबाट प्रेरित भएर प्याजी रंग रोजेको बताएका छ । अर्जेन्टिनाले विश्वकपमा प्रयोग गर्ने जर्सी पुनः प्रयोग गर्न मिल्ने सामग्री प्रयोग गरेर बनाइएको हो । यसमा ५० प्रतिशत पार्ले ओसन प्लास्टिक पनि प्रयोग गरीएको छ ।
अर्जेन्टिनाले गत महिना नै विश्वकपमा प्रयोग हुने होम जर्सी सार्वजनिक गरिसकेको छ । होम जर्सी भने परम्परागत सेतो र आकाशे निलो रंगको सम्मिश्रण छ । जर्सीको पछाडी भागमा भने यसपटक अर्जेन्टिनाको झन्डाको डिजाइन राखिएको छ ।
प्रतिक्रिया