×

आठ महिनादेखि चिकित्सकले तलबभत्ता पाएनन्

images

दमौली अस्पतालमा कार्यरत चिकित्सकले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । अस्पतालमा करार सेवामा कार्यरत चिकित्सकले चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म तलब भत्ता पाउन नसकेका हुन् । तलबभत्ता नपाएको विषयमा चिकित्सकले यस अगाडि पनि पटकपटक अस्पताल व्यवस्थापन समितिको ध्यानाकर्षण गराए पनि चिकित्सकको तलबभत्ता भुक्तानी भएको छैन । 

नेपाल सरकारको छात्रवृत्तिअन्तर्गत करार सेवामा स्वास्थ्य सेवा विभागबाट कामकाज गर्न खटाई पठाइएका मेडिकल अधिकृत, नर्सिङ अधिकृतको तलबभत्ता भुक्तानी हुन् नसकेको र दमौली अस्पताल व्यवस्थापन समितिको आन्तरिक कोषबाट पनि तलब खुवाउन नसकेको हुँदा दैनिक कार्य गर्न कठिनाई भएको चिकित्सकले जनाएको छ । 

चिकित्सकले आज स्वास्थ्य सेवा विभागलाई ज्ञापनपत्र पठाई तलबभत्ताको आवश्यक व्यवस्था मिलाउन माग गरेका छन । अस्पतालमा कार्यरत डा राजु रानामगर, डा आस्था रेग्मी, डा सिन्चन पाण्डे, डा पूजा सैजु, डा कृष्ण गिरी, डा सञ्जिव भण्डारी, डा सुनयन सुवेदी, डा सुशील विक, डा प्रशन्न कार्की, सिर्जना आले (नर्सिङ अधिकृत), सम्झना श्रेष्ठ (नर्सिङ अधिकृत), डा सुप्रिया श्रेष्ठ र डा अभिनन्दन तिवारीले सामूहिकरूपमा स्वास्थ्य सेवा विभागलाई ज्ञापनपत्र बुझाएका छन् ।

मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँका कृषकलाई उपकरण

मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँका कृषकलाई कृषि उपकरण वितरण गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोक र भाटडाँडाका कृषकलाई गण्डकी प्रदेश सरकारको सहयोगमा कृषि उपकरण वितरण गरिएको हो । 

प्रदेश सरकारको ८५ प्रतिशत अनुदान र कृषकको १५ प्रतिशत लगानीमा हाते ट्र्याक्टर वितरण गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार चार कृषकलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । हाते ट्र्याक्टर पाउनेमा टेकनारायण कोइराला, कुमार परियार, कृष्णबहादुर गुरुङ र गुनबहादुर गुरुङ रहनुभएको छ । 

यसैगरी भकारो सुधार कार्यक्रममार्फत् राजु नेपाली, चेतबहदुर नेपाली, प्रकाश परियार, रिना भुजेल, कृष्णप्रसाद कोइराला, चन्द्रबहादुर हमाललाई सहयोग गरिएको छ । प्लाष्टिक टनेल निर्माणका लागि नवराज गौतम, नुमबहदुर गुरुङ, शान्तामाया थापा, बालकुमारी श्रेष्ठ, तिलबहादुर श्रेष्ठलाई सहयोग गरिएको छ । 

गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले कृषि उपकरण वितरण गर्दै निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउन सरकारले यो कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । 

निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाउँदै नमूना गाउँ बनाउने लक्ष्यसहित प्रदेश सरकारले विसं २०७५ चैत १० गतेदेखि प्रदेशभर यो कार्यक्रम लागू भएको घोषणा गरेको थियो । सोही बमोजिम तनहुँका विभिन्न पालिकामा मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ सञ्चालित छ । तनहुँको ऋषिङ, भिमाद, देवघाट, शुक्लागण्डकी, भानु, आँबुखैरेनीलगायतका गाउँमा मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ कार्यक्रम लागू गरिएको छ । 

बिहीबार १७ चैत २०७८ ११:०० AM मा प्रकाशित

प्रतिक्रिया