×

जनमत सम्मानको घोषणा

images


    जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका विभिन्न सम्मानहरू यसवर्ष विभिन्न साहित्यकारहरुलाई प्रदान गरिने भएको छ । 
    यसवर्ष २०७७ र २०७८ सालको दीपा–जनमत सम्मान भगवती अर्याल पाण्डे (नवलपुर)÷युवराज नयाँघरे (इलाम)लाई, गणेश÷ खिलकुमारी दुवाल – जनमत सम्मान श्रीओम श्रेष्ठ रोदन (ललितपुर)÷अशेष मल्ल (धनकुटा)लाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान रामकुमार पाँडे (ललितपुर)÷पद्मावती सिंह (काठमाडौ)लाई, जनमत–जनक प्रधान सेवा सम्मान–सुरेश कसजू (सिन्धुपाल्चोक)÷मणि लोहनी (नुवाकोट)लाई प्रदान गरिनेछ । 
    त्यसैगरी केवलपुरे – जनमत सम्मान सुमित्रा सुमि (नुवाकोट)÷जलेश्वरी श्रेष्ठ (काठमाडौं)लाई, जनमत – महेन्द्रलाल कलाकार सम्मान विक्रमश्री (मोरङ)÷राजु तुलाधर (काठमाडौ)ंलाई, कमला सैंजू – जनमत सम्मान डा. गीता त्रिपाठी (काभ्रे) र तारा केसी (काभ्रे)लाई, जनमत – राजभाई सहयात्री सम्मान दिलसुन्दर श्रेष्ठ (काभ्रे) ÷हरिप्रसाद चौलागाई (काभ्रे)लाई, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान – सीता राई थुलुङ (खोटाङ) र बालिका गिरी (काठमाडौंं) लाई प्रदान गरिनेछ । 
    जनमत–केदार÷सुदर्शना बालसाहित्य सम्मान – अनन्तप्रसाद वाग्ले(काभ्रे)÷ विजयराज आचार्य (प्युठान) लाई, जनमत–सिचि धर्म÷संस्कृति सम्मान – शीला पन्त  (काठमाडौं)÷ ऋषिकेशव कँडेल (रुपन्देही)लाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान – कृष्णप्रकाश श्रेष्ठ (मरणोपरान्त, काठमाडौं)÷डा. गंगाप्रसाद अकेला (धनुषा) लाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान – डा. रविन्द्र समीर पाण्डे (गुल्मी)÷योगेन्द्र प्रधानाङ्ग (भक्तपुर) लाई प्रदान गरिने भएको छ । 
    यसैगरी यसैवर्षदेखि प्रदान गरिने गरी स्थापना भएको जनमत–ज्ञानरत्न÷मंगलतारा राष्ट्रिय सम्मान टङ्कबबहादुर आलेमगर (उदयपुर) र जनमत – पूर्णमान÷लुचि समाजसेवा सम्मान रुवि राजभण्डारी (बागलुङ) लाई प्रदान गरिने छ ।   
    जनमत वाङ्मय प्रतिष्ठान नेपालको ३९ औं वार्षिकोत्सवका अवसरमा आगामी २०७९ चैत्र २५ गते बनेपामा आयोजना हुने कार्यक्रममा यी सम्मानहरू प्रदान गरिने छन् । अघिल्लो वर्ष कोरोना महामारीका कारण जनमतको वार्षिकोत्सव स्थगित भएको हुँदा यसै वर्ष २०७७ र २०७८ सालको सम्मान पनि प्रदान गर्न लागिएको  हो ।

शुक्रबार​ १५ पुस २०७९ ०१:५८ PM मा प्रकाशित

प्रतिक्रिया