काठमाडौँ । २०२६ को मार्चमा अस्ट्रेलियामा हुने एएफसी महिला एशिया कप फुटबलको ड्र गरिएको छ ।
यस प्रतियोगितामा १२ देशले भाग लिदैछन् । दक्षिण एशियाबाट भारत र बंगलादेश यस एशिया कपका लागि छनौट भएका छन् ।
एशिया कपको समुह ए मा आयोजक अस्ट्रेलियासहित दक्षिण कोरिया, इरान र फिलिपिन्स रहेका छन् भने समुह बी मा उत्तर कोरिया, चीन, बंगलादेश र उज्बेकिस्तान रहेका छन् । त्यसैगरी समुह सी मा जापान, भियतनाम, भारत र चाइनिज ताइपेइ रहेका छन् ।
यो प्रतियोगिता २०२६ को मार्च १ देखि २१ सम्म अस्ट्रेलियामा हुने छ । समुह चरणका खेलपछि हरेक समुहका विजेता र उपविजेता सिधै क्वाटरफाइनलमा पुग्ने छन् भने तेस्रो स्थानमा रहने शिर्ष दुई देश पनि क्वाटरफाइनलमा छनौट हुने छन् । प्रतियोगिताको फाइनल खेल मार्च २१ मा सिड्नीमा खेलिने छ ।
प्रतिक्रिया