×

सरकारी स्कुलका विद्यार्थीलाई निःशुल्क पोसाक

images

सप्तरीको खडक नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जयप्रकाश चौधरी थारुले नगरभरका सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पोसाक प्रदान गर्ने निर्णय गर्नुभएको छ ।

आज पदभार ग्रहणपछि उहाँले पहिलो निर्णय गर्दै सामुदायिक विद्यालयका विद्यार्थीलाई पाइन्ट, शर्ट, जुत्ता र टाईसहितको पोसाक निःशुल्क प्रदान गर्ने बताउनुभयो । पहिलो चरणमा प्राथमिक तहमा, दोस्रो चरणमा निम्न माध्यममा र तेस्रो चरणमा माध्यमिक तहका विद्यार्थीलाई पोसाक निःशुल्क प्रदान गरिनेछ उहाँले भन्नुभयो । यसका लागि आगामी वर्षको शिक्षा क्षेत्रअन्तर्गत पोसाकको लागि बजेट छुट्याइनेछ ।

नगरभरिका गर्भवतीका लागि भिडिओ एक्सरे सेवा निःशुल्क र नगर बाहिरकालाई ५० प्रतिशत शुल्क लिई सेवा दिने निर्णय भएको  प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार भिडिओ एक्सरे मेसिन खरिद भइसकेको छ’ सो सेवा सुरु गर्नका लागि केही समय लाग्ने बताउनुभयो । नगरपालिकाअन्तर्गत कार्यालयमा सिसी क्यामेरा र विद्युतीय हाजिरी प्रणाली जडान गरी अनलाइन सुपरीवेक्षण र अनुगमनको व्यवस्था गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने निर्णय भएको जनाएको छ । 

सोमबार १६ जेठ २०७९ ०९:२५ PM मा प्रकाशित

प्रतिक्रिया