×

बजेट वक्तव्यको केही अंश पढ्न छुटाए --- अर्थमन्त्री मौन

images


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसदमा बजेट वक्तव्य पुस्तिकाको केही अंश पढ्न छुटाएको स्वीकार गरेका छन्।

अर्थ मन्त्रालयमा आर्थिक वर्ष २०८०–०८१ बजेटका विशेषताका सम्बन्धमा थप जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा महतले बजेट वक्तव्य वाचन गर्ने क्रममा केही अंश पढ्न छुटाएको स्वीकारोक्ति दिएका हुन् ।

उनले सजलैसँग भने, ‘एक पाना पढ्न छुटेछ। पाना ओभर ल्याप हुँदा छुटेको हो। त्यसमा मैंले भन्नै खोजेको विषय थियो। त्यसमा बूढानीलकण्ठ जस्ता स्कुल सातै प्रदेशम बनाउने भन्ने थियो।’ यसअघि डा. बाबुराम भट्टराईले पनि बजेटका केही पाना पढ्न छुटाएको थियो।

संविधानसभाको चुनावपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बनेको सरकारको अर्थमन्त्री बनेका भट्टराईले आर्थिक वर्ष २०६५–६६ मा बजेट प्रस्तुत गरेका थिए।

बजेट पढ्दा छुटेपछि उनले संसदको अर्को बैठकमा त्यसलाई पनि बजेटकै अंग बनोस् भन्ने प्रस्ताव पेश गरेका थिए । तर यसपटक के गर्ने हो ? त्यसबारेमा भने डा. महत चूप देखिन्छन् ।

मङ्गलबार १६ जेठ २०८० ०३:५४ PM मा प्रकाशित

प्रतिक्रिया