×

सीतापाइलामा मिनीबस र सुमो गाडी ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

images

काठमाडौं। काठमाडौंको सीतापाइलामा मिनीबस र सुमो गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ।  सोमबार बिहान ११ बजे सीतापाइलाबाट कलंकी जाने सडकखण्डमा दुर्घटना भएको हो। 

कलङ्कीबाट सिीतापाइला गइरहेको बा २ ख ८३६८ नम्बरको मिनी बस र ना १ ज ३४२१ नम्बरको सुमो ठोक्किँदा घाइते भएकी रसुवाको गोसाइकुण्ड-६ स्थायी घर भई काठमाडौंको पुतलीसडक बस्दै आएकी ५१ वर्षीया यायाल्म घलेको उपचारको क्रममा मनमोहन अस्पतालमा मृत्यु भएको हो। तीन जना घाइते छन्। 

दुर्घटनामा घाइते अर्का एक पनि गम्भीर रहेका छन्। 

सोमबार १६ माघ २०७९ ०२:३२ PM मा प्रकाशित

प्रतिक्रिया