×

मैदानमा फर्के हाल्यान्ड र एमबापे

images


पेरिस । आधुनिक विश्व फुटबलका दुई ठूला नाम इर्लिङ हाल्यान्ड र केयलिन एमबापे बुधबार विश्वकपयता लिग फुटबलका लागि मैदानमा फर्केका छन् । हाल्यान्डले विश्वकप त खेल्न पाएनन्, किनभने उनको देश नर्वे छनोट भएको थिएन् । तर उनकै दुई गोलको मदतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडलाई ३–१ ले हराएको छ ।

यो जितसँगै सिटीले शीर्ष स्थानमा आर्सनलसँगको दूरी पाँच अंकमा छोट्याएको छ । एलान रोडमा भएको खेलमा रोड्रीको गोलले सिटीले अग्रता लिएको थियो । त्यसपछि हालान्डले दुई गोल थपे । लिड्स समर्थक रहेका हाल्यान्डले ती गोलमा खुसीयाली भने मनाउन चाहेनन् । लिग तालिकामा आर्सनल ४० अंकमा शीर्ष स्थानमा छ भने सिटीको ३५ अंक भएको लिड्स भने १५ अंकमा १५ औं स्थानमा छ ।

उता फ्रान्सेली लिग वानमा एमबापेले खेलको अन्त्यतिर गरेको गोल मदतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्ट्रसबर्गलाई २–१ ले हरायो । यो जितपछि पीएसजीले शीर्ष स्थानमा आफ्नो अग्रतालाई आठ अंक बनाएको छ । विश्वकप फाइनलमा हार बेहोरेयता एमबापे पहिलो पल्ट मैदानमा उत्रेका हुन् ।

मारक्विन्होसले पीएसजीका लागि पहिलो गोल गरे । तर उनैले दोस्रो हाफमा आत्मघाती गोल पनि गरे । दुई पहेँलो कार्डमा नेयमार मैदान छाड्न बाध्य रहे र पीएसजी समस्यामा परेको थियो, तर एमबापेले ९४ औं मिनेटमा पेनाल्टीबाट गोल गरे र आफू उपयोगी खेलाडी हो भनेर फेरि प्रमाणित गरे । 

बिहीबार १४ पुस २०७९ ०१:१० PM मा प्रकाशित

प्रतिक्रिया