काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि आजदेखि सुनुवाइ हुँदैछ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका १६ रिट निवेदनमाथि संवैधानिक इजलासमा एकमुष्ट सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको हो ।
सांसद समेत नरहेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । लगत्तै मन्त्रिपरिषदको बैठकबाट निर्णय गर्दै कार्कीले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन् ।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गर्दै ६ महिनाभित्र फागुन २१ गते चुनावको मिति तोकेरनै कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
प्रतिक्रिया