काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमाथिको प्रारम्भिक सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको छ ।
प्रतिनिधिसभा विघटविरुद्ध परेका १६ रिटमाथि बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा भएको सुनुवाईपछि कारण देखाउ आदेश जारी भएको हो ।
प्रतिनिधि सभा पुनस्थापनाको माग गर्दै दायर गरिएका रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संबैधानिक इजलासले ७ दिन भित्र जवाफ दिन भन्दै कारण देखाउ आदेश जारी गरेको छ ।
संबैधानिक इजलासमा प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका थिए ।
प्रतिक्रिया