मकवानपुर। नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् । प्रदेश सभाको ठूलो दल कांग्रेसले बुधबार आन्तरिक निर्वाचन नै गरेर दलको नेता छनोट गरेको हो । लामाले २१ मत प्राप्त गरेका थिए । पराजित इन्द्रबहादुर बानियाँले १६ मत प्राप्त गरे ।
३७ सांसद रहेको कांग्रेसको दलको नेता छान्न बुधबार हेटौंडामा निर्वाचन भएको थियो । लामा नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । दुवै नेता कांग्रेस संस्थापन समूहका हुन् । बानियाँ कांग्रेस वाग्मती प्रदेश सभापति, लामा पार्टी केन्द्रीय सदस्य हुन् ।
प्रतिक्रिया