×

मुख्यमन्त्रीमा एमालेलाई ४, माओवादीलाई २, मधेसमा जसपा र जनमतको आलोपालो हुने सम्भावना

images

काठमाडौं । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ ।

सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका‍ छन् ।


एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ । माओवादी केन्द्रले लुम्बिनी र सुदूरपचिमको मुख्यमन्त्री लिने देखिएको एक नेताले बताए ।

मधेस प्रदेशको नेतृत्वमा भने जनता समाजवादी र जनमत पार्टीबीच आलोपालो गर्ने गरी सहमतिको प्रयास भइरहेको छ ।

बुधबार १३ पुस २०७९ ०२:५१ PM मा प्रकाशित

प्रतिक्रिया