×

नेपाली कांग्रेसमा संस्थापन इतर समुहको निष्कर्षः पार्टीभित्रको सानो गिरोहुको सत्तालिप्साले सबै गुम्यो

images

काठमाडौँ। नेपाली कांग्रेसका शेखर कोइराला ,गगन थापा समूहले सभापति शेरबहादुर देउवासहितको सानो गिरोहुको सत्ता लिप्साले सबै गुमेको निष्कर्ष निकालेको छ । सो समूहको बुधबार बिहान राजधानीमा भएको भेलाले यस्तो निष्कर्ष निकालेको हो ।


सत्तालिप्सा, स्वार्थ केन्द्रित सानो गिरोहको धारणाले यो परिस्थिति आइपुग्यो कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, संस्थागत निर्णय नहुँदा यस्तो अवस्थामा आयो भन्ने हाम्रो निष्कर्ष छ ।

कोइराला र महामन्त्री गगन थापासहितका नेताहरू बुधबारको भेलामा सहभागी रहेका थिए । भेलामा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सांसद प्रदीप पौडेल भने अनुपस्थित थिए ।

सभापति देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफूले पाउनु पर्ने अडान राखेपछि माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको थियो । माओवादी केन्द्र र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेस संघमा मात्रै नभएर प्रदेशमा पनि सबै प्रमुख पद गुमाउने अवस्थामा पुगेको छ ।

बुधबार १३ पुस २०७९ ०३:१८ PM मा प्रकाशित

प्रतिक्रिया