काठमाण्डौँ। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रदेश सरकारको भागबन्डाबारे छलफल भएको छ । बुधबार बिहान प्रचण्ड निवास खुमलटारमा ओली र दाहालबीच सरकारको भागबन्डाबारे छलफल भएको हो । प्रचण्डसँगको भेटपछि ओलीले सरकार विस्तारबारे छलफल भएको प्रतिक्रिया दिए ।
भेटवार्ताका क्रममा दुई नेताबीच केन्द्र सरकारका साथै प्रदेश सरकार कसरी बनाउने भन्ने विषयमा छलफल भएको ओलीको भनाई छ । नयाँ समीकरणपछि सातै प्रदेशमा सात दलीय गठबन्धनको सरकार बन्ने देखिएको छ ।
प्रतिक्रिया