काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग निरीक्षणमा पुगेका छन् । बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर गृहमन्त्री लामिछानेले त्यहाँको अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।
मन्त्री लामिछानेले सोमबार शपथ लिएका थिए । उनले मंगलबार पनि राहदानी विभागका अधिकारीहरुलाई बोलाएर त्यहाँको समस्या बुझेका थिए ।
प्रतिक्रिया