काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सानेई ताकाइचीले दुई नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । दुई सम्झौतामा एउटाले अमेरिका-जापान सम्बन्धको नयाँ 'स्वर्ण युग' को सुरुवात गर्ने भनिएको छ भने दोस्रोले महत्वपूर्ण खनिजहरूसँग सम्बन्धित सम्झौता रहेको छ ।
दुपहिलो सम्झौता दुई लामो समयदेखिका सहयोगीहरू बीचको साझेदारीलाई अझ बलियो बनाउनमा केन्द्रित छ, जबकि दोस्रो, महत्वपूर्ण खनिज सम्झौताले दुर्लभ खनिजको आपूर्ति सुनिश्चित गर्नको लागि रूपरेखा प्रदान गरेको रिपोर्टमा उल्लेख छ ।
हस्ताक्षर गरेपछि, राष्ट्रपति ट्रम्पले जापानलाई अमेरिकाको बलियो सहयोगीको रूपमा प्रशंसा गरे र देशको पहिलो महिला प्रधानमन्त्री सानेई ताकाइचीको पनि प्रशंसा गरेका छन् ।
ट्रम्प र ताकायचीबीच भएको व्यापार सम्झौता अन्तर्गत, जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्ने सम्झौता भएको छ । बदलामा, अमेरिकाले जापानी निर्यातमा १५ प्रतिशत कर लगाउनेछ ।
दुर्लभ पृथ्वी खनिजसम्बन्धी सम्झौताले इलेक्ट्रोनिक्सका लागि आवश्यक खनिजहरूको आपूर्ति श्रृंखलालाई बलियो बनाउने लक्ष्य राखेको छ । यो कदमले जापानको रक्षा खर्च बढाउन ट्रम्पमाथि दबाब कम गर्न सक्छ भन्ने विश्वास गरिएको छ ।
ट्रम्पले जापानले आफ्नो सेनामा बढी पैसा खर्च गरोस् भन्ने चाहन्छन् । ताकायचीले पहिले जापानले आफ्नो रक्षा बजेट देशको जीडीपीको २ प्रतिशतसम्म बढाउने बताएकी छन् । बैठकको क्रममा, ट्रम्प र ताकायचीले स्वर्गीय जापानी प्रधानमन्त्री शिन्जो आबेलाई पनि सम्झेका थिए ।
प्रतिक्रिया