×

एमालेको सचिवालय बैठक बोलाइयो, महाधिवेशन केन्द्रित एजेण्डामा छलफल हुने

images

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  महाधिवेशनको तयारीका लागि एमालेको सचिवालय बैठक कार्तिक १५ गते बस्ने गरि बोलाइएको हो ।

पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकले महाधिवेशनको तयारी बारे छलफल गर्ने र निर्णयहरु लिने तयारी छ । एमालेको ११औं महाधिवेशन पोखरामा मंसिर २७-२९ मा गर्ने निर्णय यस अघि बसेको केन्द्रिय कमिटी बैठकले गरिसकेको छ ।

बैठकले महाधिवेशन प्रतिनिधि छनौट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय जस्ता एजेण्डामा छलफल र निर्णय गर्ने बताइएको छ ।

मङ्गलबार १२ कात्तिक २०८२ १०:०१ AM मा प्रकाशित

प्रतिक्रिया